एमसीसी संझौता बारे गलत अर्थ लगाएर संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित : महत — OSNepal

एमसीसी संझौता बारे गलत अर्थ लगाएर संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित : महत

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री राम शरण महतल एमसीसीको विषयमा गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित तर्क राखेका छन् ।

एमसीसीको पक्षमा रहेका कांग्रेसका नेता महतले सामाजिक सञ्जाल मार्फत एमसीसी सहयोगको लागि अमेरिकासंग भएको सम्झौता बारे गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित भएको बताएका हुन् ।

सैनिक संबन्ध एबं अमेरिकी कानुन नेपालमा लागुहुने भन्ने जस्ता आरोप पनि बिलकुलै असत्य भएको नेता महतले स्पष्ट पारेका छन् ।

उनले भनेका छन् , एमसीसी सहयोगको लागि अमेरिकासंग भएको अयmउबअत संझौता बारे गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित हो।सैनिक संबन्ध एबं अमेरिकी कानुन नेपालमा लागुहुने भन्ने जस्ता आरोप पनि बिलकुलै असत्य !

नेपाली कांग्रेस र जसपाका नेता बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेका छन् । तत्कालै संसदमा प्रस्तुत् गरी एमसीसी पारित गर्न कांग्रेसको सरकार लागि परेको छ ।

नेता महतको टुवीट : एमसीसी सहयोगको लागि अमेरिकासंग भएको compact संझौता बारे गलत अर्थ लगाएर आलोचना गरी संसदीय अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हित बिपरित हो। सैनिक संबन्ध एबं अमेरिकी कानुन नेपालमा लागुहुने भन्ने जस्ता आरोप पनि बिलकुलै असत्य !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर