२ अर्ब ५० करोड हिनामिना गरेको आरोपमा पूर्व मिस नेपाल श्रृखलाका बाबुविरुद्ध अख्तियारमा उजुरी. — OSNepal

२ अर्ब ५० करोड हिनामिना गरेको आरोपमा पूर्व मिस नेपाल श्रृखलाका बाबुविरुद्ध अख्तियारमा उजुरी.

LC (KTM) February 03, 2022 0

काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अन्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो ।

खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा संघले आरोप छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूमाथि छानविन गर्न माग गरिएको छ ।

‘अर्थमन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गर्दछौं,’ संघका अध्यक्ष किरण पौडेलले भने । स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जाको विषय भएको आरोप लगाइएको छ ।

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गरिएको बताएका छन् ।खतिवडा पूर्व मिस नेपाल श्रृखलाका बुबा हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर