बैतडीमा हिमपात, जनजीवन कष्टकर — OSNepal

बैतडीमा हिमपात, जनजीवन कष्टकर

LC (KTM) February 03, 2022 0

काठमाडौ । बैतडीको कठपते क्षेत्रमा बिहीबार परेको हिमपात । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ ।

तीन खेल सङ्घको शान्तिपूर्ण प्रदर्शन -नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए), नेपाल ओलम्पियन सङ्घ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)– कर्मचरी सङ्घले सदस्य सचिवको विचाराधीन मुद्दामा छिटोभन्दा छिटो सुनुवाइ हुनुपर्ने माग राख्दै आज शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक बिष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पियनहरुले राखेप प्राङ्गणबाट ¥याली निकाल्दै दशरथ रङ्गशालाको मूल गेट अगाडिसम्म विरोधको ब्यानरसहित शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

राखेप सदस्य सचिव नहुँदा खेलकुद क्षेत्रमा निकै असर परेको भन्दै वैकल्पिक व्यवस्था गर्नका लागि तीन सङ्घले माग गरेका छन् । राखेप कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्, खेलकुद गतिविधि ठप्प भएको छ, नीतिगत निर्णय गर्नुपर्ने कार्य हुन सकेका छैनन् भन्दै छिटोभन्दा छिटो समस्याको निराकरण गरिनुपर्ने माग गरिएको छ ।

गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई राखेपबाट बर्खास्त गरेको मन्त्रिपरिषद्ले मङ्सिर १३ गते टङ्कलाल घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । सदस्य सचिवको बर्खास्ती र नियुक्तिको विषयमा सर्वाेच्चमा परेको रिटको सुनुवाइ समयमा हुन नसक्दा यसैवर्ष चीनमा आयोजना हुने एसियन खेलकुुद, गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद र पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी समेत प्रभावित बनेको आन्दोलित सङ्घले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर