एमसीसी संशोधनसहित पारित हुनसक्छ तर गठवन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड — OSNepal

एमसीसी संशोधनसहित पारित हुनसक्छ तर गठवन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एमसीसी संशोधनसहित पारित हुनसक्ने बताएका छन् । बिहिबार कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमको भर्चुअल सम्बोधनका क्रममा एमसीसीका कारण गठवन्धन नटुट्ने भन्दै संशोधनसहित एमसीसी पारित हुन सक्ने बताएका हुन् ।

उक्त बैठकमा प्रचण्डले आफुले एमसीसीको परिमार्जनसहित पारितको प्रस्ताव प्रधानमन्त्री देउवालाई राखिसकेको बताएका छ्न । गठवन्धन दलका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षमा रहेका छन् ।

बुधबार देउवाले संशोधन गर्नुपर्ने बुँदा लिखित रुपमा दिनुहोस् भनेपछि प्रचण्ड अब संशोधनसहित एमसीसी हुन सक्ने अवस्थामा पुगेका छन् ।

अर्का गठवन्धन दल राष्ट्रिय जनमोर्चा भने एमसीसीको विपक्षमा रहेको छ । नेपाली कांग्रेस एमसीसीको पक्षमा हुँदा रहेको हुँदा देउवा एमसीसी पारित गराउने रणनिति बनाउँदै छन् ।

एमसीसीको पक्षमा सजपाको समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर