पार्टी एकताको लागि सस्थापन पक्षका दोस्रो तहका नेतासँग भएको छलफलको नेता भुसाल र पाण्डेबाट व्रिफिङ — OSNepal

पार्टी एकताको लागि सस्थापन पक्षका दोस्रो तहका नेतासँग भएको छलफलको नेता भुसाल र पाण्डेबाट व्रिफिङ

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । नेकपा एमालेका माधव नेपाल समुहका नेता घनश्याम भुसालले संसद विघटन फिर्ता गर्नुपर्ने मग आफुले अगाडी सारेको स्पष्ट पारेका छन् । पार्टी एकताको लागि आफुहरले प्रयास गरिरहेको भन्दै नेता भुसालले आज बिहिबार नेपाल समुहले बोलाएको केन्द्रिय बेठकमा भर्चुअल माध्यमबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टी अध्यक्ष केपी पार्टी जेठ २ गतेमा फर्किन सक्ने प्रस्ताव आएको बताएका छन् । पार्टी एकताको लागि गठित कार्यदलको सदस्य समेत रहेका भुसालले संसद विघटन फिर्ता गरे अदालतको मुद्धा फिर्ता हुन सक्ने समेत बताएका छन् । अर्का कार्यदलको सदस्य नेता सुरेन्द्र पाण्डेले हाम्रो बटमलाइन जेठ २ गते हो पार्टी त्यही अवस्थामा फर्किए सहमति खोज्ज प्रयास गर्छौ भनेको बताएका छन् ।

‘एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्छ भन्ने हाम्रो बटमलाई हो, उताबाट पनि पार्टी एकता गरौं भनेका छन् तर सहमतिको लक्षण देखिएको छैन’ उनले भने । बैठकमा पाण्डे र भुसालले सस्थापन पक्षसँग गरेको कुराकानीमा केन्द्रिय सदस्यहरुले संका नगर्न समेत आग्रह गरेका छन् । बाहिर प्रचार गरिए जस्तो केहि सहमति नभएको बैठकमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर