मापदण्ड विपरित देशभर खुलेका निजी स्वास्थ्य संस्था बन्द गराउन डा. केसीको सरकारलाई सात बुँदे ज्ञापन पत्र — OSNepal

मापदण्ड विपरित देशभर खुलेका निजी स्वास्थ्य संस्था बन्द गराउन डा. केसीको सरकारलाई सात बुँदे ज्ञापन पत्र

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । अभियन्ता डा। गोविन्द केसीले मापदण्डविना देशभर खुलेको निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

डा केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, सर्वसुलभ र सबैको समान पहुँचमा हुने ब्यवस्था गर्नका ज्ञापनपत्र बझाएका हुन् ।

ज्ञापन पमा डा केसीले भनेका छन् ,’ देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरु च्याउझैं सञ्चालनमा आएका छन् ।’

‘त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर