सभामुख सापकोटाको छोरालाई चीनको राजदुतको लागि प्रचण्डले गरेको सिफारिस देउवाले गरे ठाडै अस्विकार — OSNepal

सभामुख सापकोटाको छोरालाई चीनको राजदुतको लागि प्रचण्डले गरेको सिफारिस देउवाले गरे ठाडै अस्विकार

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । एमसीसीको कारण गठवन्धनमा बढेको दुरीको असर राजदुत नियुक्तीमा देखिएको छ । सत्ता गठवन्धन दलहरुले राजदुत नियुक्तको गृहकार्य सुरु गरिसकेका छन् ।

भागवण्डा अनुसार चीनको राजदुत नेकपा माओवादी केन्द्रलाई परेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले आफ्ना छोरा रुपक सापकोटालाई चीनको राजदुत बनाउनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका छन् ।

एमसीसीको विरोध रहेका सभामुख सापकोटाको यो सर्त मान्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बुझिएको छ ।

अध्यक्ष प्रचण्डले सापकोटाको छोरा रुपकको नाम देउवा सामु सिफारिस गरेपनि एमसीसी सदनमा प्रस्तुत् नगरेको भन्दै देउवाले प्रचण्डको सिफारिसलाई स्विकार नगरेको स्रोतले जनाएको छ । रुपकले चीनको रेनमिन् विश्वविद्यालयबाट भूराजनीतिक विषयमा विद्यावारिधी गरेका छन् ।

कांग्रेसले भने यस अघि नै भारत, बेलायत र अमेरिकाको लागि राजदूत नियुक्त गरिसकेको छ । एमसीसीको विपक्षमा रहेका सापकोटालाई हटाउने सम्मको तयारीमा देउवा लागेको बुझिएको छ ।

एमसीसी जसरी पनि पारित गर्ने पक्षमा रहेका देउवाले यसको लागि सभामुख हटाउन परे पनि हटाउन तयार रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर