एमसीसी सदनमा प्रस्तुत् गर्न नदिएको भन्दै सभामुख विरुद्ध उत्रिए बाबुराम — OSNepal

एमसीसी सदनमा प्रस्तुत् गर्न नदिएको भन्दै सभामुख विरुद्ध उत्रिए बाबुराम

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठवन्धनभित्रका नेताहरुको कडा आलोचना गरेका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटा माथि पनि कडा टिप्पणी गरेका छन् ।

हलो अड्काएर गोरु चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु विडम्बनापूर्ण भएको भन्दै उनले सभामुखले एमसीसीलाई सदनमा प्रस्तुत् हुन रोक्न नमिल्ने बताएका छन् ।

सभामुखलेसर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छरु उनले प्रश्न गरेका छन् ।

हलो अड्काएर गोरु चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु विडम्बनापूर्ण छ, ‘प्रमुख प्रतिपक्षले संसद चल्न नदिने, सभामुखलेसर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ ? जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?’

उनले सरकारमा सहभागी शीर्ष नेताहरुले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने भन्दै माओवादी र एकिकृत समाजवादीका नेताहरु माथि प्रश्न गरेका छन् ।

‘हलो अड्काएर गोरु चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु विडम्बनापूर्ण छ’प्रमुख प्रतिपक्षले संसद चल्न नदिने, सभामुखलेसर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छरु जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर