काठमाडौं २० माघ । कोभिड -१९ कोरोना भाइरसको संक्रमणको कारण स्थगित भएको लोक आयोगको परिक्षा सञ्चालनमा आउने भएको छ ।
आयोगले एक सुचना जारी गरेर यस अघि स्थगित भएका परिक्षा फागुन ६ गते देखि सञ्चालनमा आउने जानकारी गराएको हो ।
सार्वजनिक गरिएको समय तालिकामा उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि,) शाखा अधिकृत वा सो सरह (प्राविधि )र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जानकारी गराइएको छ ।
आयोगले लिने सबै परिक्षा आउँदो वैशाख १४ गते सम्म सम्पन्न गरिने पनि जानकारी दिएको छ ।