भीम रावललाई कांग्रेस नेता महतको जवाफ : एमसीसीको अन्धाधुन्ध विरोध गरी राक्षसीकरण गर्नु र प्रधानमन्त्रीलाई विदेशको हित देख्छ भन्नु ठूलो विडम्बना — OSNepal

भीम रावललाई कांग्रेस नेता महतको जवाफ : एमसीसीको अन्धाधुन्ध विरोध गरी राक्षसीकरण गर्नु र प्रधानमन्त्रीलाई विदेशको हित देख्छ भन्नु ठूलो विडम्बना

LC (KTM) February 03, 2022 0

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सत्ता गठबन्धनका शिर्ष नेताहरुले एमसीसी पारित गर्न मिल्दैन भन्नुको कारण स्पष्ट पार्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम सनेपाली बहसमा नेता महतले जिम्मेवार नेताहरुले एमसीसीको अन्धाधुन्ध विरोध गरिरहेको भन्दै यस्तो बताएका हुन् ।

‘सत्ता गठबन्धनका जिम्मेवार नेताहरुले एमसीसीको अन्धाधुन्ध विरोध गरेर मात्र भएन । भएन, भएन मात्र भन्नुभएन, के भएन ? कुन बुँदामा खराब छ, त्यो पनि भन्न सक्नुपर्यो नि ।’उनले भने ।

एमसीसीलाई अनावश्यक विवादमा ल्याई राक्षसीकरण गरेको आरोप लगाएका उनले शेरबहादुर देउवा नेपालका प्रधानमन्त्री हुन् कि विदेशका हुन् ? कि स्वदेशका हुन् ? देशको प्रधानमन्त्रीले विदेशको हित देख्छ भन्नु भन्दा ठूलो विडम्बना अरु केहि नहुने बताएका छन् ।

नेता महतले नेकपा एमालेका नेता भीम रावलले एमसीसी पारित गर्नुपर्ने विदेशीको दवाव आएको भन्दै विदेशीको साुम घुँडा टेक्ने प्रधानमन्त्री नेपालको विदशेकको भन्दै ट्वीटरमा ट्वीट विषयलाई लिएर यस्तो प्रतिक्रिया जनाएका हुन् ।
साथै एमसीसीका नाममा गठबन्धन नटुट्ने स्पष्ट पारेका छन् । उनले देश समाप्त हुन्छ भनेर स्याल हुइयाँ मच्चाएको भन्दै भीडभाडको पछि लाग्ने नेताहरु मौनता साँधेर बसेका पनि टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर