एमसीसीको लागि देउवाले मागे महन्थ ठाकुरसँग सहयोग — OSNepal

एमसीसीको लागि देउवाले मागे महन्थ ठाकुरसँग सहयोग

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।

आज बिहिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा देउवा र ठाकुरबिच भेटवार्ता भएको हो । भेटवार्तामा एमसीसीलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा देउवाले एमसीसी मुलुकको हितमा भएकाले संसद्‍बाट पारित गर्नुपर्ने भन्दै ठाकुरसँग सहयोग मागेको बताएको छ । जवाफमा ठाकुरलेपनि आफ्नो पार्टी एमसीसीको पक्षमा भएको स्पष्ट बताएका छन् ।

साथै भेटमा एमसीसी संसदमा टेबल गर्न सभामुख अग्नीप्रसाद सापकोटाले
आनाकानी गरेको भन्दै देउवाले सभामुखको विकल्प समेत खोज्न सकिने बताएको बुझिएको छ ।

देउवाले यदि सभामुखलाई हटाउन परे आफुलाई त्यस बेला सहयोग गर्नु पर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर