पाँचथरमा चौरी चराउन गएका ३१ वर्षीय विशालको लेक लागेर मृत्यु — OSNepal

पाँचथरमा चौरी चराउन गएका ३१ वर्षीय विशालको लेक लागेर मृत्यु

LC (KTM) February 03, 2022 0

पाँचथर -पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।

भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए ।

घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर