माओवादीबाट एमालेमा प्रवेश गरेका रायमाझीले यसरी गाए गुनगान एमालेको — OSNepal

माओवादीबाट एमालेमा प्रवेश गरेका रायमाझीले यसरी गाए गुनगान एमालेको

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफूहर सभामुख अग्नि प्रसाद सापकोटालाई हटाउनु पर्छ भन्ने पक्षमा भएको बताएका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले नेपाली कांग्रेसले सभामुखमाथि महाअभियोग को प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पार्दे यस्तो बताएका हुन् ।

यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन । आफ्नो दलले भने सभामुख माथि महाअभियोग प्रस्ताव ल्याउने भनेका उनले आफुहरुसँग बहुमत नपुग्ने भएकाले यसो गर्न नसकिने बताएका हुन् ।

‘सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’

एमाले आफ्नो एजेण्डा लिएर जनताको बिच जान सक्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई कसैको पनि साथ र साहारा नचाहिने पनि उनले स्पष्ट पारेका छन् । नेपाली जनताको मात्र समर्थन र सहारा चाहिएको छ ।

‘ जनताको माहोल अहिले एमालेतिर छ । एमाले ईतिहासमा चाहे त्यो राजाविरोधी आन्दोलन होस वा पञ्चायतविरोधी, बुहदल ल्याउन होस वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो ।’ उनले भने ।

शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको महत्वपूर्ण भूमिका रहेको भन्दै बताएका पुर्व माओवादीका नेता समेत रहेका रायमाझीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तिव्र रुपमा अघि बढाएको दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर