माओवादीले प्रदेश १ को नाम सम्बन्धी प्रस्ताव अघि सार्ने , किरात या किरात–कोशी — OSNepal

माओवादीले प्रदेश १ को नाम सम्बन्धी प्रस्ताव अघि सार्ने , किरात या किरात–कोशी

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम सम्बन्धी प्रस्ताव अघि सार्ने भएको छ । प्रदेशको नाम किरात या ‘किरात–कोशी वा कोशी–किरात नाम राख्ने गरी माओवादीले ’ प्रदेशको नाममाथि प्रस्ताव अघि सार्ने भएको हो ।

किरात नाममा दलहरुबिच सहमति नभए त्यस्तो अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो । साथे प्रदेश १ मा सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट नामहरु पनि संसदमा छलफल भएका छन् ।

माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १मा रहेकाले यसबाट पनि नाम रहन सक्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर