काठमाडौं २० माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ ।
कोभिड १९ विरुद्धको कोरोना पूर्ण खोप १८ बर्ष उमेर समुहका ८० प्रतिशत व्यक्तिहरुलाई लगाएको भन्दै डब्लुएचओले नेपाललाई बधाई दिएको हो ।
नेपालमा एक वर्षभित्र १८ वर्षमाथिका ७० प्रतिशतले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
डब्लुएचओले भनेको छ, ‘बधाई छ नेपाल । महत्वपूर्ण कोसेढुङ्गोमा पुग्नु भएकोमा १८ बर्ष उमेर समूकाले अब पूर्ण (कोभिड-१९) खोप पाठ्यक्रम प्राप्त गरेको छ ।’
Congratulations Nepal🇳🇵for reaching another crucial milestone. 7⃣0⃣ % of the adult population ( > 18 years) have now received a full COVID-19 vaccine course. (1/2) pic.twitter.com/ocRiojA2Wz
— WHO Nepal (@WHONepal) February 3, 2022