सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो अनिश्चितकालका लागि चक्काजाम , ठाउँ ठाउँमा टायर बाल्दै प्रदर्शन — OSNepal

सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो अनिश्चितकालका लागि चक्काजाम , ठाउँ ठाउँमा टायर बाल्दै प्रदर्शन

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । डा सिके राउत नेतृत्वको जनमत पार्टीले आज बिहानै देखि आन्दोलन सुरु गरेको छ ।

किसानहरुको हक अधिकारलाई लिएर जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानै देखि मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन् ।

प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । जनमत पार्टीका कार्यकर्ताले बाटोमा फाटा बोकी टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

किसानको मागलाई लिएर विगत एक महिना देखि ११ बुँदे माग अघि सारेर सुरु भएको जनमत पार्टीको आन्दोलनमा सरकारले कुनै चासो नदिएको भन्दै अनिश्चितकालका लागि चक्काजाम घोषणा गरेो छ ।

किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतमा माग राख्दै जनमत पार्टीले आन्दोलन गर्दै आएको छ ।

जनमत पार्टीका उपाध्यक्ष दिपक कुमार साहले बताए अनुसार आजदेखि पूर्ण रुपमा सडक बन्दको घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर