बाँस्कोटाको टिप्पणी : एमसीसी सम्झौता गर्ने उनै हुन्, बहुमत पनि उनैसँग छ — OSNepal

बाँस्कोटाको टिप्पणी : एमसीसी सम्झौता गर्ने उनै हुन्, बहुमत पनि उनैसँग छ

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएको भन्दै आलोचना गरेका छन् ।

बाँस्कोटाले एमसीसी सम्झौतामा सत्तासिन कै बहुमत पुग्ने भन्दै सामाजिक सञ्जाल मार्फत आलोचना गरेका हुन् ।

उनले भनेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ ।

वर्तमान सत्ताले नै सेप्टेम्बर ३ को कायनवाचा गरेको बताएका उनले द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो समेत भनेका छन् ।

हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र रु देख तेरा तमासा उनको टिप्पणी रहेको छ ।

‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्‍या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’

बाँस्कोटाको ट्वीट : एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्‍या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर