सिन्धुपाल्चोक-असार १ गतेको बाढीका कारण घरबार बिहिन सिन्धुपाल्चोक बरुवाका बिस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । चिसो मौसम कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितहरु सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् ।
बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल–२ बरुवाका स्थानीयहरु सुरक्षित ठाउँमा घर कहिले बनाउन पाईएला भन्ने चिन्तामा छन् । याङरी खोला थुनियर आएको बाढीले तटीय क्षेत्रका सात घर बगाएको थियो भने १३० घर उच्च जोखिममा छ । तस्वीर ः देवराज सुवेदी, रासस