डब्ल्यूएचओले भन्यो- नेपालमा कोरोनाको नयाँ भेरियन्ट आएको छैन ,हाल 'डेल्टा' भेरियन्ट मात्र सक्रिय छ — OSNepal

डब्ल्यूएचओले भन्यो- नेपालमा कोरोनाको नयाँ भेरियन्ट आएको छैन ,हाल ‘डेल्टा’ भेरियन्ट मात्र सक्रिय छ

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । बेलायती सञ्चारमध्यमले नेपालमा नयाँ भेरियन्टको कोरोना संक्रमण आएको भन्ने विषयमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले खण्डन गरेको छ । कोभिड १९ कोरोना भाइरस संक्रमण सम्बन्धी नेपालमा कुनै पनि नयाँ भेरियन्ट नभेटिएको भन्दै नेपालस्थित कार्यालयले आज बिहीबार सामाजिक सञ्जालमार्फ यसबारे जानकारी गराएको हो ।

हाल नेपालमा भारतमा देखिएको अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको डब्ल्यूएचओले डेल्टा (बी.१.६१७.२) भन्ने भेरियन्ट नेपालमा सक्रिय रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर