एमालेको केन्द्रिय प्रचार तथा प्रकाशन विभागमा थप नौ जना सदस्य मनोनीत — OSNepal

एमालेको केन्द्रिय प्रचार तथा प्रकाशन विभागमा थप नौ जना सदस्य मनोनीत

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेले पार्टीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागमा थप नौ जना सदस्य मनोनीत गरेको छ । आज बुधबार बसेको पार्टीको केन्द्रिय सचिवालयको बैठकले थप नौ जना सदस्य मनोनीत गरेको हो ।

थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् ।

साथै आज बसेको बैठकले प्रचार विभागका साथै उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर