माओवादी केन्द्र भूमिकास्थानमा नयाँ नेतृत्व — OSNepal

माओवादी केन्द्र भूमिकास्थानमा नयाँ नेतृत्व

LC (KTM) February 02, 2022 0

अर्घाखाँची, १९ माघ-नेकपा माओवादी केन्द्र भूमिकास्थान नगर समितिले नयाँ नेतृत्व पाएको छ । पालिकाको पोखेडाँडामा आज सम्पन्न अधिवेशनले नेता नरबहादुर मुखियाको नेतृत्वमा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरिएको हो ।

अधिवेशनले उपाध्यक्षहरूमा इमानसिंह नेपाली ,शिव आचार्य र बाबुराम खनाल लाई चयन गरेको छ । त्यस्तै सचिवमा चेतन खनाल , सहसचिवमा कुलराज बन्जाडे, कोषाध्यक्षमा गंगा मर्साइ रहेको नगर समिति गठन गरेको हो ।

त्यस्तै अधिवेशनले कृष्ण आचार्यको अध्यक्षतामा नगर सल्लाहकार समिति को समेत निर्विरोध निर्वाचित गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर