एमालेलाई नेता रिजालको सुझाव : सभामुखको भूमिका चित्त नबुझे हटाउने कानूनी व्यवस्था संविधानले दिएको छ — OSNepal

एमालेलाई नेता रिजालको सुझाव : सभामुखको भूमिका चित्त नबुझे हटाउने कानूनी व्यवस्था संविधानले दिएको छ

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मिलेन्द्र रिजालले सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानूनी व्यवस्था संविधानले दिएको बताएका छन् ।

उनले संविधाले दिएको कानुनी व्यवस्था एमालेले उपयोग गर्न नसकेको समेत नेता रिजालले बताएका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै नेता रिजालले निरत्नर संसद अवरोध गर्नुले राम्रो सन्देश नदिने बताउँदै यस्तो बताएका हुन् ।

एमालेले संसद बन्द गरेर संविधानलाई तागत नदिएको भन्दै नेता रिजालले भनेका छन् , ‘तपाईहरुलाई सभामुखको भुमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाऊँ भनि लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको । त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईहरुसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइदैनँ नि त । निकास खोज्नुपर्ला नि त ।’

अध्यक्ष केपी ओलीले गरेको प्रतिगमनको विरुद्ध गठवन्धन गरेको बताएका उनले जिवनभरलाई गठवन्धन नगरेको समेत स्पष्ट पारेका छन् ओलीले गरेका प्रतिगमनलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरेको नेता रिजालले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर