दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवसँग पार्टी एकता सम्भव छैन : सिपी गजुरेल — OSNepal

दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवसँग पार्टी एकता सम्भव छैन : सिपी गजुरेल

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने बताएका छन् । एमसीसीको कारण गठवन्धन आज या भोली टुट्न सक्ने अवस्थामा पुगेको जानकारी दिएका छन् ।

बुधबार कुपण्डेलमा आयोजीत पुनर्मिलन कार्यक्रममा नेता गजुरेलले यस्तो खुलासा गरेका हुन् । साथै कार्यक्रममा उनले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवसँग पार्टी एकता सम्भव नभएको समेत खुलासा गरेका छन् ।

मुलुकको अर्थतन्त्र ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको टिप्पणी गरेका उनले यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरुसँग सहकार्यकासाथ अगाडी बढ्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।

उनले देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका नै संकटमा परेको भन्दै यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर