निवार्चनको मिति तोक्न एमालेले दियो गठवन्धनलाई भोलीसम्मको अल्टिमेटम — OSNepal

निवार्चनको मिति तोक्न एमालेले दियो गठवन्धनलाई भोलीसम्मको अल्टिमेटम

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तोक्न भोली बिहिबार सम्मको समय दिएको छ ।

भोली बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके एमालेले देशभर दबाबमूलक कार्यक्रम आयोजना गर्ने निणर्य गरेको छ । एमालेको आज बसेको केन्द्रिय सचिवलयको बैठकमा यस्तो निणर्य भएको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए अनुसार सत्ता गठवन्धनलाई निर्वाचनको मिति तोक्न भोली सम्मको समय दिएको जनाएका हुन् ।

साथै बैठकमा माघ १२ गते प्रदेश १ मा भएको राष्ट्रिय सभा निर्वाचनको अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस समेत प्रदेश सरकारलाई कमिटी बनाउन निर्देशन दिने समेत निणर्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर