काठमाडौं १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठवन्धनलाई देशको चिन्ता नभएको आरोप लगाएका छन् ।
आज बुधबार पार्टीको केन्द्रिय सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले स्थानीय तहको निवार्चन जेठ ५ गते अगावै हुनु पर्ने समेत स्पष्ट पारेका छन् ।
सत्ता गठबन्धनले देशलाई भड्खालोमा पुर्याएरै छोड्न लागेको आरोप लगाएका उनले भनेका छन् , पाँच दलीय गठबन्धनलाई देशको चिन्ता छैन । भड्खालोमा हाल्दैछन्’ ।
स्थानीय निर्वाचनको विषयमा तथा आगामी रणनीति बनाउन बसेको केन्द्रिय सचिवालय बैठकमा अध्यक्ष ओलीले कोरोना विरुद्धको २४ डोज खोप हिनामिना भएको भन्दै सरकारको ध्यानाकषर्ण समेत गराएका छन् ।