२४ लाख खोपको लापरबाही भएको भन्दै ओलीले भने , अरु देशमा भए मन्त्रीहरुले राजीनामा दिइसक्थे, तर हाम्रोमा छानबिन पनि हुँदैन — OSNepal

२४ लाख खोपको लापरबाही भएको भन्दै ओलीले भने , अरु देशमा भए मन्त्रीहरुले राजीनामा दिइसक्थे, तर हाम्रोमा छानबिन पनि हुँदैन

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो जेठ पाँच गते भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।

भावी रणनीति बनाउन आज बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले निर्वाचन तोकिएको समय मै हुनुपर्ने बताएका हुन् ।

साथै अध्यक्ष ओलीले बैठकमा सरकारले कोरोना विरुद्धको २४ लाख डोज खोपको लापरबाही गरेको भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन् ।

यस्ता लापरबाही अरु देशमा हुने हो भने सम्बन्धित मन्त्रीहरुले राजीनामा दिइसक्थे। तर हाम्रोमा छानबिन पनि हुँदैन भन्दै ओलीले सरकारको आलोचना समेत गरेका छन् ।

साथे नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचन २०७९ चैत्रमा गर्ने भनेको विषयमा समेत ओलीले आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर