केपी ओलीले एमसीसी संझौताको ९ वटा घातक दस्तावेज लुकाएको पुर्व प्रधानमन्त्री खनालको सनसनीपुर्ण खुलासा , प्राप्त दस्तावेज अध्ययन भईरहेको दाबी — OSNepal

केपी ओलीले एमसीसी संझौताको ९ वटा घातक दस्तावेज लुकाएको पुर्व प्रधानमन्त्री खनालको सनसनीपुर्ण खुलासा , प्राप्त दस्तावेज अध्ययन भईरहेको दाबी

LC (KTM) February 02, 2022 0

एमसीसी संझौताका केही महत्वपुर्ण दस्तावेजहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुकाउने प्रयास भएको एकिकृत समाजबादीका बरिष्ठ नेता झलनाथ खनालले आरोप लगाउनु भएको छ । पुर्वप्रधानमन्त्री समेत रहनु भएका खनाल यसअघिको एमसीसी अध्ययन कार्यदलको संयोजक समेत रहनु भएको थियो ।

त्यतिबेला तत्कालीन प्रधानमन्त्री ओली सहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समेत एमसीसी संझौताका सबै दस्तावेज उपलब्ध गराउन भने पनि लुकाएको उहाको आरोप छ । उहाले त्यतिबेला अध्ययन गर्दा ९ वटा दस्तावेज लुकाएको ओएस नेपाल संगको कुराकानीमा बताउनुभयो । सत्तारुढ दलका तर्फ बाट संझौता अध्ययनका लागि बनेको कार्यदलमा अहिले आफु पनि रहेको र अध्ययन गर्दै जाने क्रममा पहिलाको भन्दा फरक ९ दस्तावेज फेला परेको जानकारी दिनुभयो ।

उहाले ति फेला परेका दस्तावेजहरुको अध्ययन भईरहेको बताउनुभयो । यसरी प्राप्त भएका दस्तावेजहरुमा स्टेप पार्टनसशिप एग्रीमेन्ट , आयोजना सहयोग संझौता, सोसीएल एण्ड जेन्डर इन्टिगेसन, प्रोजेक्ट को–अपरेशन, ईलेक्ट्रीसिटी रेगुलेटरी कमिसन नेपाल लगायतका दस्तावेजहरु समेत रहेको खुलासा गर्नुभयो । सत्ता गठबन्धनले एमसीसी पास गर्न लागेको हो भन्ने जिज्ञासमा उहाले भन्नुभयो– भर्खरै त ९ वटा दस्तावेजहरु प्राप्त भएको छ त्यसको अध्ययन नगरि कसरी पास गर्ने ? एमसीसी पास गर्ने बिषयमा सत्तागठबन्धन भित्र सहमति पनि जुटेको छैन । पहिला अध्ययन गरेपछि त्यसलाई संशोधन गरेर मात्र एमसीसी संझौता पास हुन्छ ।

<center/center>

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर