बालुवाटार पुगेका प्रचण्ड नेपालले देउवालाई गठवन्धन तोडेर एमसीसी पास गर्न लाग्नुभएको भनी प्रश्न गरेपछि... — OSNepal

बालुवाटार पुगेका प्रचण्ड नेपालले देउवालाई गठवन्धन तोडेर एमसीसी पास गर्न लाग्नुभएको भनी प्रश्न गरेपछि…

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एस०का अध्यक्ष माधव नेपाल
ले भेटवार्ता गरेका छन् ।

आज बालुवाटारमा भएको भेटमा प्रचण्ड नेपालले गठवन्धन तोडेर एमसीसी पास गर्न लागेको हो भन्दै देउवालाई प्रश्न गरेका छन् । गठवन्धन तोडेर पनि एमसीसी पारित गर्ने भनिएको देउवाको अभिव्यक्ति बाहिरिए पनि आज प्रचण्ड नेपाल बालुवाटार पुगेका हुन् ।

जवाफमा देउवाले गठवन्धन तोड्ने आफ्नो कुनै मनसाय नभएको प्रतिक्रिया दिएका बुझिएको छ । योसँगै बालुवाटरमाबाट निस्केका नेपालले एक कार्यक्रममा गठवन्धन कुनै हालतमा पनि नटुट्ने दावी गरेका छन् ।

गठबन्धन टुट्नेवाला छैन, कसैले टुटाउन खोजे पनि टुट्नेवाला छैन,’ नेता नेपालले भनेका छन् ।

यो पनि …

ओलीलाई लक्षित गर्दै नेपालले भने- गठबन्धन तोड्नुस् साथ दिन्छौं भनेका होलान् तर गलत मनसाय सफल हुनेवाला छैन

काठमाडौं १९ माघ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आउँदो स्थानीय निर्वाचनमा गठवन्धन मिलेर जाने बताएका छन् ।

आज बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले यस्तो जानकारी दिएका हुन् । यही जेठ ४ गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठवन्धन मिलेर जाने बताएका नेपालले त्यसका लागि आफुहरुले छलफल सुरु गरेको बताएका छन् ।

नेकपा एमालेललाई लक्षित गर्दै नेपाले उक्त कार्यक्रममा भने ,‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । ‘

केपी ओलीलाई लक्षित गर्दै नेपालले यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर