देउवा प्रचण्ड र नेपालबिच भेटवार्ता, के भयो कुराकानी ? — OSNepal

देउवा प्रचण्ड र नेपालबिच भेटवार्ता, के भयो कुराकानी ?

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच आज भेटवार्ता भएको छ ।

भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । करिब एक घण्टा लामो भेटवार्तामा अगामी जेठ ४ गते हुने स्थानीय तह निर्वाचनको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

एमसीसीको विषयमा समेत छलफल पाइएको छ । प्रचण्ड नेपाल भने एमसीसी पारित गर्ने पक्षमा नभएकाले आजको यो भेट महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर