एमालेको वढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलिय गठवन्धन बनेको : शंकर पोखरेल — OSNepal

एमालेको वढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलिय गठवन्धन बनेको : शंकर पोखरेल

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब हुने तीनतहको चुनावसंगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउ नयाँ जनादेशले लिने दावी गरेका छन् ।

नेता पोखरेलले पाँच दलिय गठवन्धन जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको वढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको तर्क दिएका छन् ।

उनले भनेका छन् , ]जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा रविकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको वढ्दो शक्ति र लोकपृयतालाई रोक्न बनेको हो पाँच दलिय गठवन्धन ।]

चुनावमा जनता जनार्दन नै न्यायाधिस हुने दावी गरेका उनले एजेण्डा विहिन गठवन्धनले होइन, देश र जनताका पक्षको एजेण्डावाट नै चुनाव जित्ने हो भनेका छन् ।

अव सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त वोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।

जनादेशको सम्मान,
राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र
विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको वढ्दो शक्ति र लोकपृयतालाई रोक्न बनेको हो पाँच दलिय गठवन्धन ।
अब हुने तीनतहको चुनावसंगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउ नयाँ जनादेशले लिने छ ।
चुनावमा जनता जनार्दन नै न्यायाधिस हुन्छन् ।
एजेण्डा विहिन गठवन्धनले होइन, देश र जनताका पक्षको एजेण्डावाट नै चुनाव जित्ने हो । अव सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त वोकेर जनताका बीचमा जाऔं ।
जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर