कालो ढुसी संक्रमणबाट एक पुरुषको मृत्यु — OSNepal

कालो ढुसी संक्रमणबाट एक पुरुषको मृत्यु

LC (KTM) June 03, 2021 0

धनगढी २० जेठ । कालो ढुसी संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा ६५ वर्षीय पुरुषको उपचारकै क्रममा ज्यान गएको छ । हिजो बुधबार मात्रै कालो ढुसी संक्रमण पुष्टि भएको कैलालीको बर्दगोरिया–६ का ती पुरुष मिर्गौला, मधुमेह र मुटुका बिरामी थिए ।

मृतकको उपचारमा खटिएका चिकित्सक डा. अशोक श्रीपाइलीले दिएको जानकारी अनुसार मृतक ती पुरुषलाई जेठ १८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थाल्यो । म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्ट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर