ओलीले प्रतिगमन गरेको भन्ने देउवाले एमसीसी पारित गरे राष्ट्रघात ठहर्नेछ भीम रावल (भिडियोसहित ) — OSNepal

ओलीले प्रतिगमन गरेको भन्ने देउवाले एमसीसी पारित गरे राष्ट्रघात ठहर्नेछ भीम रावल (भिडियोसहित )

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेका नेता भीम रावलले देश जनताको प्रति समर्पित भएर आफु काम गर्ने बताएका छन् । ओएस नेपालको इन्टरनेसनल डिसर्कोसमा पत्रकार एचवी ताम्राकार सँगको कुराकानीमा आफु हुनै पनि हालतमा एमसीसीको पक्षमा नभएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

देश र जनताको स्वाधिनता माथि प्रश्न उठ्ने एमसीसी चाहियो भन्दै रावलले यस अघि पनि प्रधानमन्त्रीलाई आफ्नो स्मृति पत्रमा स्पष्ट धारणा प्रस्तुत् गरीसकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी पास गर्ने विषयलाई समर्थन गरेको आफुलाई पत्यार नलागेको समेत नेता रावलले बताएका छन् ।

संसद अवरोध हटाएर नै एमसीसी पारित गर्ने ओलीको यो भनाई प्रति आफुलाई पत्यार नलागेको बताएका उनले ओलीको काम प्रतिगमन भएको भन्ने देउवाले एमसीसी पारित गरे राष्ट्रघात गरेको ठहर्ने उनको तर्क रहेको छ ।

एमसीसीको विपक्षमा रहेका नेता रावल एमसीसी राष्ट्रघाती , राष्ट्रिय स्वाधिनताको विपरित भएको भन्दै आएका छन् । माहाकाली सन्धी भएको बेलामा पनि देउवा प्रधानमन्त्री भएको विषयमा समेत स्मरण गराउँदै नेता रावलले सन्धीबाट के उपलब्ध भयो त भन्दै उनले प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर