कोरोनाका कारण जसपा नेता रामप्रकाश चौधरीको भारतको सहारा अस्पतालमा उपचारका क्रममा निधन — OSNepal

कोरोनाका कारण जसपा नेता रामप्रकाश चौधरीको भारतको सहारा अस्पतालमा उपचारका क्रममा निधन

LC (KTM) June 03, 2021 0

कपिलवस्तु — कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेता रामप्रकाश चौधरीको मृत्यु भएको छ । गए राति भारतको लखनउस्थित सहारा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । विजयनगर गाउँपालिका–७, निवासी ४५ वर्षे चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य थिए ।

एक महिनाअघि कोरोना संक्रमित भई कपिलवस्तु जिल्ला अस्पतालमा उनको उपचार भइरहेको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि परिवारले भारतको लखउन लगिएको थियो ।

त्यहाँ अस्पतालमा कोरोना परीक्षण गर्दा पुनस् पोजिटिभ देखिएको बताइएको छ । उनका दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर