भारतमा एकै दिन एक लाख ३४ हजार संक्रमित थपिदा दुई लाख ११ हजारले जिते कोरोना, २८ सयको मृ त्यु — OSNepal

भारतमा एकै दिन एक लाख ३४ हजार संक्रमित थपिदा दुई लाख ११ हजारले जिते कोरोना, २८ सयको मृ त्यु

LC (KTM) June 03, 2021 0

नयाँ दिल्ली, २० जेठ – भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६.२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई छ ।कोभिड–१९ बाट संक्रमितमध्ये २४ घण्टाको अवधिमा थप दुई हजार ८८७ व्यक्तिको मृ त्यु भएको छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृ त्यु हुनेको संख्या तीन लाख ३७ हजार ९८९ पुगेको छ ।

यसैबीच, दैनिक संक्रमितको संख्याभन्दा निको हुने दर पनि २१ दिनदेखि निरन्तर बढेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ४९९ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ६३ लाख ९० हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९२.७९ प्रतिशत रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । परिषदका अनुसार देशभर ३५ करोड ३७ लाख ८२ हजार नमुना परीक्षण गरिएको छ भने बुधबार एकै दिन २१ लाख ५९ हजार नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार डोज खोप लगाइएको छ ।(रासस–एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर