राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाइयो — OSNepal

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाइयो

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ ।पार्टीको आज बसेको केन्द्रिय बैठकले थापालाई सांसद पदबाट हटाउने निणर्य भएको हो ।राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले

थापालाई सांसद पदबाट हटाइका हुन् । यसको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको बुझिएको छ । अहिले १ बजे बस्ने प्रदेशसभाको बैठकमा थापाको सांसद पद खारेज भएको सुचना पढेर सुनाइने भएको छ । पार्टीको निर्देश्न उल्लघंन गरेको भन्दै थापालाई यसभन्दा अगाडी नै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर