२०६८ सालमा सडक नाटकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाटक खेल्न पुगेजस्तै भइदियो । उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया पसलमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्कासि मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो ।
फोनबाट चिन्दै नचिनेको पाँच वर्षको सानो बच्चाको आवाज रिताको कानमा आएर ठोक्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’ उनी झसङ्ग भइन् । मनमा ठूलो झट्का लाग्यो । फिल्मी शैलीमा आकस्मिक आएको प्रश्न आफैमा अपत्यारिलो थियो । ठीक एक छिनअघि आफैले मञ्चन गरेको सडक नाटकजस्तै ।
एकछिन त उनी अक्क न बक्क भइन् । यो प्रश्नले उनको संसार साँघुरो बनाइदियो । काभ्रेबाट आएको त्यो सानो बच्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रतिप्रश्न गरिन् । तर जवाफ थप अनौठो आइदियो । बालकले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आउनु न ।’
त्यति सुनिसकेपछि नाट्य समूहसँगै काठमाण्डौ फर्किए पनि रिताको मन उतै अल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हुटी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलिपल्टै काभ्रे पुगिन् । अभिभावकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वीकार गरिन् । यसरी समाज सेवामा लागेकी रिताको स्वास्थ्य अवस्था अहिले बिग्रेको छ ।
सँक्रमण भएपछि रिताले आफु बाँच्छु जस्तो नलागेको बताईन्, रिताले १ महिना भयो, आफ्नो नानी बाबुहरुलाई भेट्न पनि पाएकी छैनन् । यसैबिच शिशिर भण्डारी पुगेर आश्रमलाई केहि खाद्यान्न र आर्थिक सहयोग गरे । भिडियो हेर्नुस