पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई सत्तापक्षको निर्देशन — OSNepal

पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई सत्तापक्षको निर्देशन

LC (KTM) June 03, 2021 0

काठमाडौं २० जेठ । नेकपा एमालेले पार्टीले कारवाही गरेका माधव नेपालको समुहको बैठकमा सहभागी नहुन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएको छ । भर्चुअल माध्यमबाट आज बोलाइएको नेपाल समुहको केन्द्रिय कमिटिको बैठकमा सहभागी नहुन भन्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ती नै जारी गरी निर्देशन दिएका हुन् ।

“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर