एमसीसी सम्झौताबारे आशंका,भ्रम हटाउन सरकारले नेपाली भाषामा सम्झौताका सबै दस्ताबेज अनुवाद गरेर नि:शुल्क जनतामा बाड्नु पर्यो — OSNepal

एमसीसी सम्झौताबारे आशंका,भ्रम हटाउन सरकारले नेपाली भाषामा सम्झौताका सबै दस्ताबेज अनुवाद गरेर नि:शुल्क जनतामा बाड्नु पर्यो

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । पुर्व प्रधानमन्त्री एंव जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी सम्झौताबारे गरिएको सबै दस्ताबेजरपत्र अनुवाद गरेर स्थानीय सरकार मार्फत निस्शुल्क जनतामा बॉड्नु उपयुक्त हुने बताएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत एमसीसी सम्झौताबारे जनस्तरमा दूरदराजका गाउॅगाउॅसम्म ठूलो आशंका,भ्रम ब्याप्त रहेकाले नेपाल सरकारले एमसीसी सम्झौताबारे जनस्तरमा दूरदराजका गाउॅगाउॅसम्म ठूलो आशंका,भ्रम ब्याप्त रहेकाले नेपाल सरकारले नेपाली र सबै प्रमुख राष्ट्रिय भाषामा सम्झौताका सबै दस्ताबेजरपत्र अनुवाद गरेर देशभर बाड्नु उपयुक्त भएको बताएका छन् ।

अब यसो गरिए भने नत्र शंकाले लंका खाने उनो ठम्र्याइ रहेको छ ।एमसीसीको पक्षमा रहेका बाबुराम तत्काल एमसीसी पारित गर्ने पक्षमा रहेका छन् ।

‘एमसीसी सम्झौताबारे जनस्तरमा दूरदराजका गाउॅगाउॅसम्म ठूलो आशंका,भ्रम ब्याप्त रहेकाले नेपाल सरकारले @MCA_Nepalमार्फत नेपाली र सबै प्रमुख राष्ट्रिय भाषामा सम्झौताका सबै दस्ताबेजरपत्र अनुवाद गरेर स्थानीय सरकार मार्फत निस्शुल्क जनतामा बॉड्नु उपयुक्त होला।नत्र शंकाले लंका खाने भो!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर