कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सर्वोच्चको सेवामा थप १० दिन कटौती — OSNepal

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सर्वोच्चको सेवामा थप १० दिन कटौती

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सर्वोच्च अदालतले माघ ४ गतेदेखि गरेको सेवा कटौतीलाई थप १० दिन निरन्तरता दिने भएको छ ।

आज मंगलबार बसेको सर्वोच्चको पुर्ण बैठकले माघ २८ गते सम्म सेवा कटौती गर्ने निणर्य गरेको हो ।

हाल सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिटहरु माथि मात्र सुनुवाई भइरहेको छ ।

मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी, मुलुकी फौजदारी संहिता २०७४ को दफा ७३, १३७ (६) र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरूको निवेदन र प्रतिवेदन उपर पनि सर्वोच्चमा सुनुवाई भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर