एमसीसी सम्झौता सम्बन्धी कुनैपनि गोप्य दस्तावेज छैन ,कोही कसैलाई भ्रममा नपर्न समेत समितिको आग्रह — OSNepal

एमसीसी सम्झौता सम्बन्धी कुनैपनि गोप्य दस्तावेज छैन ,कोही कसैलाई भ्रममा नपर्न समेत समितिको आग्रह

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी सम्बन्धि कुनै गोप्य सम्झौता नभएको स्पष्ट पारेको छ ।

आज मंगलबार एमसीए नेपाल०ले एक विज्ञप्ती नै जारी एमसीसी सम्झौता सम्बन्धी कुनैपनि गोप्य वा लुकाइएका दस्तावेज नभएको भन्दै यस विषयमा स्पष्ट पारेको हो ।

एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध्यममा देखिएकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ,एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ ।

विज्ञप्तिमा भनिएको छ,’एमसिए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीसी–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरित हुन्छ’ ।

यस विषयमा कोही कसैलाई भ्रममा नपर्न समेत समितिले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर