स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न निर्वाचन आयोगको सरकारलाई सिफारिस — OSNepal

स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न निर्वाचन आयोगको सरकारलाई सिफारिस

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । स्थानीय तहको निर्वाचन आउँदो जेठ ४ गते गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरु भएको छलफलमा आयोगले निर्वाचनको मिति घोषणा सिफारिस गरेको हो ।

‘निर्वाचन आयोगबाट हुने स्थानीय तह सदस्यको निर्वाचन संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६) बमोजिम ५ वर्षको अवधि समाप्त हुनु अगावै सम्पन्न गर्नुपर्ने संवैधानिक र कानुनी वाध्यता छ ।’आयोगले भनेको छ ।

वर्तमान स्थानीय जनप्रतिनिधिको कार्यकाल यही जेठ ५ गते सकिदै छ । यस अगावै निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व हो ।

संविधानको धारा २२५ मा कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन हुनुपर्नेछ भन्ने व्यवस्था स्थानीय निर्वाचन भइसकेपछि स्थानीय तहबाट हुने आफ्नो सभा गठनका सन्दर्भमा भएको आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई बुझाएको पत्र ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर