थप ५ हजार ५८३ जनामा संक्रमण पुष्टि ,८ हजार २६७ जना संक्रमण मुक्त र नौ जनाको मृत्यु — OSNepal

थप ५ हजार ५८३ जनामा संक्रमण पुष्टि ,८ हजार २६७ जना संक्रमण मुक्त र नौ जनाको मृत्यु

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप नौ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

साथै आज एकै दिन ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७१ हजार १६५ जना पुगेको छ । हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित रहेका छन् ।

थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा १ हजार ९०७ जना रहेका छन् ।
जसमा काठमाडौंमा मात्र १,४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर