सञ्जय कपुरकी छोरी शनाया कपुरको हट अबतारले बलिउडमा हंगामा,२१ बर्षकै उमेरमा गर्दैछिन् बलिउडमा कमाल — OSNepal

सञ्जय कपुरकी छोरी शनाया कपुरको हट अबतारले बलिउडमा हंगामा,२१ बर्षकै उमेरमा गर्दैछिन् बलिउडमा कमाल

LC (KTM) June 03, 2021 0

मुम्बई – बलिउड नायक सञ्जय कपुर र महिप कपुरकी छोरी शनाया कपुरले रंगीन दुनियाँमा पाइला राखिसकेकी छैनन्। तर, पनि उनी भारतीय चलचित्र उद्योग ९बलिउड० का लागि नयाँ र नौलो नाम भने होइनन्। उनले ‘स्टार किड्स’का रूपमा बलिउडमा चर्चा बटुल्दै आएकी छन्।

२१ वर्षीया शनाया सानै उमेरमा बलिउडमा पाएको चर्चालाई थप उचाइमा पुर्‍याउने अभियानमा छिन्। अर्थात् उनी चाँडै नै रंगीन दुनियाँमा पाइला राख्ने तयारीमा छिन्। यसका लागि उनले आफूलाई तयार पनि गरिरहेकी छिन्। शनाया आफ्नो बोल्ड छविका कारण चर्चामा छिन्।

उनले हालै आफ्ना बोल्ड तस्बिर सामाजिक सञ्जालमा पोस्ट् गरेकी छन्। सेतो विकिनीमा मेक्सिकन ह्याटमा सजिएकी उनलाई निकै ‘हट’ देखिएको छ। उनको ‘हट अवतार’लाई फ्यानहरूले पनि प्रशंसा गरिरहेका छन्।अन्नपुर्ण पोष्टमा खबर छ । शनायाको फोटोले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ। ‘मानसिक रूपमा मैले आफू मेक्सिकोको समुद्री किनारमा रहेको अनुभव गरिरहेकी छु’, उनले तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छन्। उनको पोस्ट्मा आमा, बुवासँगै अन्य थुप्रै भारतीय कलाकारले पनि कमेन्ट गरेका छन्।

बलिउडमा डेब्यु गर्नुअघि नै फ्यानको मनमा बस्न सफल शनाया कपुरले यही जुलाईमा धर्मा प्रोडक्सनको ब्यानरमा बलिउडमा डेब्यु गर्ने तयारी गरेकी छन्। यस बारेमा उनले गत मार्चमै विस्तृतमा जानकारी दिएकी थिइन्। उनले यसअघि नै ‘गुञ्जन सक्सेना स् द कारगिल गर्ल’मा सहायक निर्देशकका रूपमा काम गरेकी थिइन्। उनले नेटफ्लििक्स सिरिज ‘फ्याबुलस लाइभ्स अफ बलिउड भाइब्स’मा समेत काम गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर