सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्किए विश्व प्रसिद्ध अमेरिकी गायक माइक — OSNepal

सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्किए विश्व प्रसिद्ध अमेरिकी गायक माइक

LC (KTM) June 03, 2021 0

काठमाडौं- अमेरिकी प्रख्यात गायक माइक पोस्नर विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो सफल आरोहण गरेर काठमाडौं फर्किएका छन् । उनी काठमाडौं फर्किएर काठमाडौंस्थित अल्फट होटलमा बसेका छन् । पोस्नरले मंगलबार विहान ४ बजेर ३५ मिनेटमा सगरमाथामा पाइला टेकेको बताइएको छ ।

अमेरिकी प्रख्यात गायक माइक पोस्नर, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। उनले सगरमाथा आरोहणका लागि नेपाल आएको जानकारी सामाजिक संजाल मार्फत जानकारी दिएका थिए ।

२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र पर्न सफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर