क्षमता अनुसार खेले नेपालले बिश्वकप खेल्न पाउने छ - कप्तान सन्दीप लामिछाने — OSNepal

क्षमता अनुसार खेले नेपालले बिश्वकप खेल्न पाउने छ – कप्तान सन्दीप लामिछाने

LC (KTM) January 31, 2022 0

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यसै बर्ष नेपाल बिश्वकपका लागि छनौट हुने बिश्वास ब्यक्त गरेका छन् । तर यसका लागि प्रत्येक खेलाडीले आफ्नो क्षमता अनुसार खेल्नुपर्ने बताए । त्यस्तै उनले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टिमको तयारी ७० प्रतिशत पुगेको बताएका छन् ।

लामिछानेले ओमानमा हुने छनोट अघि टिमको तयारी पुरा हुने बताए । कोरोनाका कारण चार दिनदेखि आईसोलेसनमा रहेका लामिछानेले नेपाली टोलीले आफ्नो क्षमता अनुसार खेले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरे । ‘प्रतियोगिताका लागि समय रहेका कारण कोभिड लागेका खेलाडीहरु पनि ठिक भएर टिममा फर्किने तथा छनोट अघि ओमानमा हुने आयरल्यान्ड, ओमान र युएईसँगको सिरिजले टिमलाई सहयोग गर्नेछ,’ लामिछानेले थपे । तर अवस्था आए खेलाडीहरु परिवर्तन पनि हुन सक्ने संकेत लामिछानेले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर