पार्टीलाई जेठ २ गते फर्काएर राष्ट्र,जनता र लोकतन्त्रसहितको पार्टी निर्माण गर्ने हाम्रो चाहना हो : गोकर्ण विष्ट — OSNepal

पार्टीलाई जेठ २ गते फर्काएर राष्ट्र,जनता र लोकतन्त्रसहितको पार्टी निर्माण गर्ने हाम्रो चाहना हो : गोकर्ण विष्ट

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका आपत्ती जनाएका छन् ।

केपी ओली र माधव नेपाल समुमा विभाजन भएको एमालेलाई एकतामा ल्याउन प्रयास गरिरहेका नेता विष्ठले एकताका लागि गरिएका इमान्दार पूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्रु समयले नै बताउने बताएका छन् । नेता विष्टले आज समाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । आज पार्टी अध्यक्ष केपी ओली र नेपाल समुहका दुई छुट्टा छुट्टै बैठक बस्दैछ ।

उनले लेखेका छन् । पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो। हामी यसमा निरन्तर प्रयत्नशील छौँ। अन्तिमसम्म लागिरहनेछौँ। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर