काठमाडौं- पूर्वसांसद मञ्च, नेपालले राष्ट्रियसभा पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५८ सालमा काठमाडौँबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित मानन्धरको यही माघ ६ गते निधन भएको प्रति दुःख व्यक्त गरिएको छ ।
पूर्वसांसद मञ्चका कार्यसमिति सदस्य मानन्धरको यहाँस्थित हेम्स अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएकामा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।