२४ लाख डोज खोप हराएको भन्ने विषयमा चौतर्फी आलोचना भएपछि मन्त्रालयले निकाल्यो यस्तो सुचना — OSNepal

२४ लाख डोज खोप हराएको भन्ने विषयमा चौतर्फी आलोचना भएपछि मन्त्रालयले निकाल्यो यस्तो सुचना

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको कोभिड १९ कोरोना भाइरस विरुद्ध खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई माघ २१ गते सम्मको समय दिएको छ ।

आज सोमबार मनलययले एक सुचना जारी गरी यसको जानकारी गराइएको हो । आउँदो शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म तथ्याङ्क उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।

२४ लाख डोज खोप हराएको भन्ने विषयमा चौतर्फी आलोचना र टिका टिप्पणी भइरहँदा मन्त्रालयले यस्तो सुचना निकालेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लामा रहेका ७७ वटै स्वास्थ्य कार्यालय र सात सय ५३ वटै पालिकालाई माघ २१ गते शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म डीएचआईस–२ प्रणालीमा अनिवार्य तथ्याङ्क उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर