मनाङ, १७ माघ-सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन । जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन । मनाङ भौगोलिक रुपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न समस्या छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने समस्या हलगर्न सम्बन्धित निकायलाई स्थानीयवासीको गुनासो छ । सामान्य चोटपटक लागेपछि उपचारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता हिमाली जिल्ला मनाङका स्थानीयले खेपिरहेका छन् ।
एक्स–रे, भिडियो एक्स–रे लगायतका प्राविधिक सेवा मनाङमा उपलब्ध छैनन् । यसले गर्दा यहाँ कुनै चोटपटक लागेका व्यक्ति पनि दुई÷तीन दिन लगाएर छिमेकी जिल्ला पुगी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । सामान्य देखिएका चोटपटकको उपचारका लागि जिल्लामा मेसिन उपलब्ध रहेपनि उपयोग भने नभएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको एउटा मात्रै अस्पतालमा पनि सामान्य सेवा प्रवाह गर्न मुस्किल भएको छ । “अस्पतालमा आवश्यक चिकित्सक पनि उपलब्ध छैनन् । अस्पतालमा उपलब्ध सामग्री उपयोग गर्न सकेका छैनौँ । यस विषयमा सम्बन्धित निकाय समक्ष समेत जानकारी गराएका छौँ”, आचार्यले भन्नुभयो ।
विकट जिल्ला भीरपाखामा काम गर्ने कामदार तथा स्थानीयमा चोटपटक लागेमा अस्पतालसम्म पु¥याए पनि आवश्यक उपचार पाउन नसकेर अन्यत्र जिल्ला पु¥याउन सकिएन भने ज्यान जान सक्ने अवस्था छ । अस्पतालमा आएका बिरामीलाई सामान्यबाहेक अन्य सेवा पर्वाह गर्न नसकेको उहाँले बताउनुभयो । “मनाङवासीलाई समय हेलिकप्टर चाटर्ड गरेर मात्रै उपचारको पहुँचमा पुग्न सक्ने अवस्था छ । मौसम अनुकूल नभएको अवस्थामा ज्यान नै जान सक्छ । यस्तो जोखिमबाट जोगाउने उद्देश्यले प्रदेश, सङ्घ तथा स्थानीय सरकार समक्ष पहल गरिरहेका छौँ । हालसम्म सुनुवाई भने भएको छैन,” आचार्यले भन्नुभयो, “समयमै सम्बन्धित निकाय सचेत भइदिएमा जिल्लावासीलाई यहीँ नै सहज रुपमा उपचार सेवा दिन सकिनेछ ।”
नि प्रदेश र सङ्घीय सरकारलाई यसका लागि दबाब दिएका छन् । “जिल्ला अस्पतालमा प्राविधिकको आवश्यकता छ । अस्पतालमा मेसिन मात्रै जडान गरेर भएन । चलाउने प्राविधिकको आवश्यकता छ । यसको पूर्तिका लागि प्रदेश सरकारसमक्ष पेश गरेका छौँ । विकट जिल्ला भएकाले होला यहाँ कर्मचारी आउन नचाहेको जस्तो पनि लाग्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापन गरोस् भनेर अपिल गरिरहेका छौँ”, प्रजिअ आचार्यले भन्नुभयो, “छिट्टै प्राविधिकको व्यवस्थापन गर्ने काममा लाग्नेछौँ ।”
स्थानीय सरकारले पटकपटक जिल्लामा कम्तीमा आधारभूत स्वास्थ्य सेवा सहज बनाउन प्रदेश र सङ्घीय सरकारसमक्ष आग्रह गरिरहेको जनाउँदै आएका छन् । समयमा सम्बन्धित निकायको ध्यान पुगेमा मनाङवासीको सकसपूर्ण सडकमार्फत अर्को जिल्लामा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्न सक्नेछ ।