चीन, जापान, कोरिया र फिलिपिन्स सेमिफाइनमा, अष्ट्रेलिया बाहिरियाे — OSNepal

चीन, जापान, कोरिया र फिलिपिन्स सेमिफाइनमा, अष्ट्रेलिया बाहिरियाे

LC (KTM) January 31, 2022 0

काठमाडौं, १७ माघ -उपाधि दावेदार अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप–२०२२ को सेमिफाइनलमा पुगेका छन् । आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्सले दक्षिण कोरियाको सामना गर्नेछ ।

आइतबार भएको खेलमा चीनले भियतनामलाई ३–१ अन्तरले हरायो । उपाधि दावेदार जापानले थाइल्याण्डविरुद्ध ७–० को सहज जित पायो । यता, उपाधि दावेदार अष्ट्रेलिया भने दक्षिण कोरियासँग अप्रत्यासित नतिजा व्होयर्दाै अन्तिम आठबाटै बाहिर रह्यो । अष्ट्रेलियालाई कोरियाले १–० ले पराजित गर्याे ।

यता, पहिलो पटक महिला फुटबलको एसिया कपको सेमिफाइनमा पुगेको फिलिपिन्सले चाइनिज ताईपेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्याे । अब, सेमिफाइनल ३ फेब्रुअरीमा हुनेछ भने ६ फेब्रुअरीमा फाइनल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर